मौसम सम्बन्धित सूचना!
Yeti Airlines Deals तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगन्ज, सिमरा, जनकपुर लगायतका बिमानस्थलहरु नखुलेका कारण त्यहाँ हुने हाम्रा उडानहरु प्रभावित भई उडानहरु हुन सकेका छैनन् । हाल भद्रपुर र पोखरामात्र नियमित उडान संचालन भईरहेका छन । प्रभावित बिमाननस्थलमा उडान गर्ने यात्रु महानुभावहरुले बिमानस्थल आउनुअघि यस एअरलाइन्सको त्रि.अ.बि. को फोन नं. ०१-४४९३४२८/४४९३९०१ वा सम्बन्धित एअरपोर्टमा सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध गर्दछौं ।