क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

उपचारका लागि यात्रा गर्नुहुने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।

 
•    विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्नुहुने विरामीको लागि यो सेवा उपलब्ध रहेको छ । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । 
•    विरामीहरुले आफ्नो उपचारका लागि डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
•    यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ । विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको विरामी भएको प्रमाणपत्र/परिचयपत्र लिनका लागि विरामीहरुले विराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्नुहुनेछ ।। 
•    यो सुविधा फाल्गुन २८, २०८० बाट लागू गरिएको छ । 

नोटः थप जानकारीको लागि यती एअरलाइन्सको विजनेस डेभलपमेन्ट डिपार्टमेन्टमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।