साना यात्रुका लागि निःशुल्क यात्रा

साना यात्रुका लागि निःशुल्क यात्रा

पहिलो उडानको सहयात्री

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एअरलाइन्सले ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना ल्याएको छ । यही बैशाख १, २०८१ बाट दुई वर्षभन्दा मुनिका बालबालिकाले निःशुल्क उडान भर्न पाउनेछन् । 
हरेक बालबालिकाको उडान यात्रा यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिने नियम रहेको छ ।  

सेवाका शर्तहरुः 
१. यो योजना नेपाली र विदेशी सबै शिशुहरुको लागि मान्य हुनेछ । 
२. हाललाई यो योजना बैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ । 
३. यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेक-इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ।   

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा नम्बर ०१-५९७००७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।